सङ्गीतका युगल जोडी पोखरेली ईतु जोजिजू र रामभक्त जोजिजू ले १ लाख रासीको छिन्नलता पुरस्कार पाउने घोषणा गरेका छन् । छिन्नलता पुरस्कार गुठीका अध्यक्ष प्रा. डा. बासुदेब त्रिपाठीकोअध्यक्षतामा बसेको साधारण सभाले २०८१ सालको छिन्नलता पुरस्कार गायन तर्फ जोजिजू जोडी लाई दिने निर्णय गरेको हो । यस्तै गीत रचना तर्फ राजेन्द्र रिजाल , सङ्गीत रचना तर्फ आभास ( अच्युत फुयाल ) लाई प्रदान गर्ने निर्णय गरिएको गुठिका सचिब दिनेश अधिकारी ले जानकारी दिए । ५० हजार रासीको युबा प्रतिभा पुरस्कार भने एस. डी. योगीले प्राप्त गरेका छन । गत बर्षको निकै लोकप्रिय गीत ” रुकुम मैकोट “को सङ्गीत र स्वरका निमित्त उनलाई दिईएको गुठी ले जनाएको छ ।पुरस्कार गुठीका सस्थापक तथा गीतकार स्व. रमोलादेबी शाह ” छिन्नलता ” को जन्म जयन्ती अबसरमा २२ असारमा पर्ने हरिशयनी एकादशीका दिन काठमाडौ मा आयोजित समारोहमा प्रदान गरिने छ । साहित्यमा मदन पुरस्कार र जगदम्बा पुरस्कार झैं गीत सङ्गीतमा छिन्नलता पुरस्कार प्रतिष्ठित मानिन्छ। तसर्थ सङ्गीतकर्मीहरुले यो पुरस्कार प्राप्त गरेमा आफुलाई अहोभाग्य ठान्छन ।