हे हरि, हे हरि, हे हरि
शरणमा लेऊ ,आज मलाई
तिम्रै भक्तिमा , चित्त लगाएं
सबैमा तिम्रै , दर्शन पाएं ……..२
रहेछौ प्रभु तिमी , निर्बिकारी….२
शरणमा लेउ , आज मलाई…..२
धन बल बैभब , छुट्छन साथमा
तिमी बस्दछौ , शान्त यो मनमा….२
रहेछौ प्रभु तिमी , निरहंकारी…..२
शरणमा लेउ , आज मलाई …..२
देउ मलाई , बुद्दि बिबेक ……२
भब सागर , पार लगाई …..२
शरण मा लेऊ आज मलाई …..२
हे हरि, हे हरि, हे हरि
शरणमा लेऊ ,आज मलाई