पोखरा, १० चैत । अनुपम म्युजिक पोखराले प्रदान गर्ने अनुपम म्युजिक अवार्ड गीतकार तथा गजलकार डा. कृष्णहरी बराललाई प्रदान गरिने भएको छ । गजलकार दीपक समीपको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले गरेकोे सिफारिसअनुसार डा. बरालको नाम मूल आयोजक समितिले अनुमोदन गरेको थियो । नेपाली गजलमा विद्यावारिधि गर्नुभएका बरालले नेपाली साङ्गीतिक गजल र गीतलाई माथि उठाउन महत्त्वपूर्ण योगदान दिएको भन्दै सो अवार्ड प्रदान गर्न लागिएको अनुपम म्युजिक पोखराले जनाएको छ । छनोट समितिमा गीतकार तथा सङगीतकार नवराज बराल र समाजसेवी वीरेन्द्र पालिखे सदस्य तथा कार्यक्रम संयोजक तथा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेका छन् । पुरा पढ्नुहोस।