पोखराको न्युरोडमा अवस्थित पाल्पा हाउस प्रा.लि. द्वारा संचालित रानीमहल रेस्टुरेन्टले स्थापनाको एक वर्ष पुगेको उपलक्ष्यमा गायक रामभक्त जोजिजू र ईतु जोजिजू को युगल साँझ सम्पन्न गरेको छ । उक्त कार्यक्रम हिजो मिति २०८० चैत्र ३ गते साँझ ६ बजे देखि १० बजे सम्म गीतसंगीतप्रेमी ग्राहकहरुको खचाखच भीडको साथमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा गायक गायिकाले कराओके ट्रयाकमा आफ्ना अनि चलेका हिन्दी नेपाली सबै प्रकारका गीतहरु प्रस्तुत गरेका थिए । मनोरञ्जनात्मक रूपमा आयोजित कार्यक्रममा रु. ९९९ को टिकट राखिएको थियो उक्त टिकटमा स्न्याक सहित ड्रिंक्सहरूको व्यवस्था गरिएको थियो। यो पहिलो प्रयास स्वरुपको कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने योजना रहेको संयोजक रेशम रचकले जानकारी गराए। कार्यक्रममा कलाकारहरुलाई स्वागत तथा मायाको चिनो पाल्पा हाउस प्रा.लि.का अध्यक्ष कुल प्रसाद घिमिरेले प्रदान गरेका थिए।