विश्व सङ्गीत दिवस को अवसर पारेर जे .ई म्युजिक एकेडेमी फूलबारी ले २०८१ साल असार ८ गते शनिबार को दिन पारेर एक कार्यक्रम पाल्पा हाउस न्यू रोड पोखरा मा आयोजना गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगर पालिका वडा नम्बर ११ का वडा अध्यक्ष श्री प्रेम प्रसाद कर्माचार्य ले पानसमा दियो बालेर कार्यक्रम लाई उदघाटन गर्नु भएको छ । उक्त कार्यक्रम लाई पानस मा दियो बालेर उद्घाटन गरिएको थियो । सुरुवात मा पानस मा दियो बाल्ने समयमा शुभम् कुरूत्वम् कल्यानम बोल को गणेश स्तोत्रम् बाट शुरू गरी अन्तिम नृत्य बाट कार्यक्रम समाप्त गरिएको थियो । स्वागत मन्तव्य वरिष्ठ गायिका ,जे ई म्युजिक एकेडेमी का प्रशिक्षक तथा प्राज्ञ ईतु जोजिजू बाट गरिएको थियो ।
कार्यक्रम मा शास्त्रीय सङ्गीत आधुनिक गीत , भजन , लोक , नृत्य सबै लाई समेटिएको थियो । उक्त कार्यक्रममा जे ई म्युजिक एकेडेमी का सङ्गीत का विद्यार्थी हरु को मात्र प्रस्तुती रहेको थियो । संस्कार गौतम , तपस्या शाही ले नमान लाज , त्यसै गरी भुपाली राग संस्कार गौतम , श्री नुर बाटाजु , संजीव पाल , परविन्दर सिंह , आर्जव पौडेल , डेविड गुरुङ ,अभिनव पौडेल , बेदुशी सुवेदी , तेजस्वी गौतम बाट फूल को आँखा मा धुन प्रस्तुत गरिएको थियो । सनन श्रेष्ठ ले मा दूर देखि आए , निया श्रेष्ठ ले थोरै खेल ,आरोही थापा र श्रेयास गुरुङ्ग ले यो दाजु को मिरमिरे आँखा , विद्यार्थी हरु बुद्धि हमाल , संस्कार गौतम डेविड गुरुङ , विदुषी सुवेदी , सनन श्रेष्ठ, श्रेयाश गुरुङ निया श्रेष्ठ अभिनव पौडेल , तपस्या शाही , आरोही थापा युकिना भारी , सायुरी श्रेष्ठ , याबि भारी , इबाना सुनार , श्रव्या गुरुङ लगायत सबै मिलेर सङ्गीत को सुर मा गाउँ गीत प्रस्तुत गरेर सबै अभिभावक हरु को मन जितेको थियो । कार्यक्रम प्रमुख अतिथि प्रेम प्रसाद कर्माचार्य , विशेष अतिथि बिम्ब कवि रमेश श्रेष्ठ, अभिभाबक को तर्फ बाट राजेन्द्र बाटाजु , लगायत सबै आआफ्नो मन्तव्य राख्नु भएको थियो | अतिथि हरुमा वरिष्ठ तबला बादक श्याम लाल श्रेष्ठ , गीतकार उमेश सि के रहनु भएको थियो ।कार्यक्रम को अंतिम मा कार्यक्रम को सभाध्यक्ष को आसन गरिराख्नु भएका जे ई म्युजिक एकेडेमी का प्रबंध निर्देशक श्री रामभक्त जोजिजू ले धन्यवाद ज्ञापन सहित कार्यक्रम काे समापन गर्नु भएको थियो । खचाखच भरिएको हल मा २:३० बजे शुरु भै बेलुकी ठीक ५ बजे सकिएको थियो ।
तबला मा जे ई म्युजिक एकेडेमी का प्रशिक्षक तबला बादक परविन्दर सिंह ले साथ दिनु भएको थियो भने गितार मा जे ई म्युजिक एकेडेमी का गितार प्रशिक्षक संजीव पाल ले साथ दिनु भएको थियो जो जे ई स्टुडियो का एरेन्जर हुनुहुन्छ । जे ई म्युजिक एकेडेमी का प्रबंध निर्देशक, प्रशिक्षक तथा विगत लामो समय देखि सङ्गीत मा योगदान पुर्याउदै आउनु भएका गायक रामभक्त जोजिजू को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको थियो ।