पोखराको न्युरोडमा अवस्थित पाल्पा हाउस प्रा.लि. द्वारा संचालित रानीमहल रेस्टुरेन्टले स्थापनाको एक वर्ष पुगेको उपलक्ष्यमा गायक रामभक्त जोजिजू र ईतु जोजिजू को युगल साँझ पहिलो चोटी गर्न लागिएको हो । उक्त कार्यक्रम अब आउने शनिबार चैत्रको ३ गते साँझ ६ बजे देखि १० बजे सम्म तय गरिएको छ । उक्त कार्यक्रम पहिलो चोटी नयाँ स्वादको रूपमा गायक गायिकाले कराओके ट्रयाकमा चलेका हिन्दी नेपाली सबै प्रकारका गीतहरु प्रस्तुत गर्ने छन् । मनोरञ्जनात्मक रूपमा गरिने कार्यक्रममा रु. ९९९ को टिकट राखिएको छ उक्त टिकटमा स्न्याक सहित ड्रिंक्सहरू व्यवस्था गरिएको छ। यो पहिलो प्रयासबारे कार्यक्रम संयोजक रेशम रचकजी बाट जानकारी प्राप्त भएको हो।