सिसा रहेछ …” गजल को छायांकन सम्पन्न
२०८१ साल सावन १२ गते ‘सिसा रहेछ ..’ बोलको गीत को भिडियो को छायांकन जे ई म्युजिक एकेडेमी फूलबारी बाट शुरू भइ पोखरा को पन्थी गल्ली , रुद्राक्ष होटल , लेक साईड को वसुन्धरा पार्क , न्यू रोड को पाल्पाली हाउस पोखरा लगायत पोखराको विभिन्न रमणीय स्थान हरु मा बिहान ६ बजे शुरु भएर बिहान को २ बजे सम्म मा सुटिङ सम्पन्न भएको छ । उक्त गीतमा भिडियोकाे निर्देशन राम बास्तोला ले गर्नु भएको थियो भने क्यामेरा मेन मा दिपेश के सी हुनुहुन्छ । नायक मा झलक थापा , नरेश के सी र नायिका मा सुस्मिता बञ्जारा बुबा को भुमिका मा शंकर लाल जोजिजू , ज्योति प्रकाश आचार्य लगायत अन्य कलाकार हरुले आफ्नो बेजोड अभिनय प्रस्तुती दिनु भएको छ । यस बाहेक जे ई म्युजिक एकेडेमी फूलबारी का विद्यार्थी हरुकाे अभिनय पनि हेर्न सकिन्छ । उक्त गीत का रचनाकार तेज श्रेष्ठ “अन्जान ” हुनुहुन्छ भने संगीत र स्वर गायक रामभक्त जोजिजू को रहेको छ । उक्त गीत को एरेन्ज र मीक्सिङ गितार प्रशिक्षक संजीव पाल ले गर्नु भएको छ । गीतको रेकर्डिङ जे ई स्टुडियो फूलबारी मा भएको उक्त गीत अब यो गीत को म्युजिक भिडियो सहित छिट्टै बजारमा आउने तयारीमा छ ।