राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । चर्चित गायक तथा संगीतकार रामभक्त जोजिजू संगीत सिर्जना र साधनामा व्यस्त हुनुहुन्छ । कोरोना महामारीका कारण घरबाहिर निस्कने अवस्था नभएपनि घरमानै बसेर आफ्नो नियमित कर्मलाई उहाँले अगाडि बढाइरहनुभएको छ । उहाँको पोखराको फूलवारीमा रहेको आफ्नै घरमा जे.ई. म्युजिक एकेडेमी तथा गीत रेकर्ड गर्नको लागि जे.ई. स्टुडियो रहेको छ । सोही मार्फत उहाँ यो समयमा समेत क्रियाशील बन्नुभएको हो ।
पोखरा न्यूजसँग कुरा गर्दै जोजिजूले यो समयमा संगीत सिर्जना, साधना र गीतको प्रमोसनमा व्यस्त रहेको बताउनुभयो । हरेक दिन बिहान रियाज, सरगम अलंकारको साधनामा समय दिने उहाँले त्यसपछिको समय बाँकी रहेका एरेन्जिङ्गका काम, नयाँ गीतको रेकर्डिङ, गीतको प्रोमोसन र संगीत सिर्जनामा दिने गर्नुहुन्छ । पुरा पढ्नुहोस।