गायक तथा संगीतकार रामभक्त जोजिजू सम्मानित २०८० साल फाल्गुन १२ गते तदनुसार 24 th February 2024 शनिबार ह्याप्पी बोर्डिङ स्कूल मासबार पोखराले आयोजना गरेको अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रममा गायक तथा संगीतकार सम्मानित भएका छन् । नेपाली सांगीतिक क्षेत्रमा विगत लामो समय देखि अनवरत रूपमा लागी योगदान पुर्याए बापत प्रमुख अतिथी गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङ ज्यू ले दोसल्ला , सम्मान पत्र र माया को चिनो प्रदान गरेर गायक रामभक्त जोजिजू लाई सम्मान गरेका थिए । विद्यार्थीहरुको गायन नृत्य कला तथा नाटक प्रस्तुत गरेको कार्यक्रम मा विभिन्न वक्ता हरु ले आ आफ्नो भावना व्यक्त गरेका थिए । उक्त अवसरमा गायक रामभक्त जोजिजू ले आफ्नो चर्चित गीत हरु उडेर जून , के बर मागी , माया लाई ढाका पछ्यौरी लगायत का गीत हरु प्रस्तुत गरेर दर्शक दीर्घामा रहेका अतिथि हरु , अभिभावक लगायत विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।