हार्मोनी पोखराले गर्यो अरुणा लामा र तारा देबी श्रद्धाञ्जली साँझ २०८० …. पोखरेली गायिका हरुको साझा संस्था हार्मोनी ले गत माघ १३गतेअरुणा लामा तारा देबी श्रद्धाञ्जली साँझ २०८० भव्यताका साथ सम्पन्न गरेको छ । हार्मोनी पोखरा र एभरेस्ट एफएम को संयुक्त आयोजनामा सम्पन्न गरिएको उक्त कार्यक्रम मा सांगीतिक संयोजन हार्मोनी ले गरेको थियो भने अन्य व्यवस्थापकीय संयोजक को रूपमा एभरेस्ट एफएम ९३ मेगाहर्ज रहेको थियो। कार्यक्रम मा १३ वटा गीत हरु प्रस्तुत गरिएका थिए । जसमध्य २ ओटा युगल गीत , बाँकी अन्य एकल गीतहरू र अन्त्य मा मेडली गीत प्रस्तुत गरिएका थिए । तारादेवी र अरुणा लामा को सदाबहार कालजयी गीत हरुमा हार्मोनी को अधक्ष्य इतु जोजिजु लगायत उपाध्यक्ष्य कौशल्या गुरुङ्ग, कोषाध्यक्ष शितल थापा, अन्य सदस्यहरु मितु पाल सिंह, रजनी रिदम राई, अजुदा थापा तथा हार्मोनी सचिव लक्ष्मी गिरी ले आफ्नो प्रस्तुती दिनु भएको थियो।। हार्मोनी पोखरा का अध्यक्ष ईतु जोजिजू को सानो मन्तब्य तथा तिम्रो माया पत्थर को बोल को गीत र युगल गीत तिम्रो नाम अझै छ ओठ मा बोल को गीत बाट सांगीतिक कार्यक्रम सुरु गरिएको थियो । युगल गीतमा हार्मोनी पोखराका सल्लाहकार , प्रतिष्ठित गायक तथा जे ई स्टुडियो एंड म्युजिक सप का कार्यकारी निर्देशक रामभक्त जोजिजू ले युगल गायन मा साथ दिएका थिए । उक्त कार्यक्रममा वाद्यवादक हरु गितारमा संजीव पाल , किबोर्ड महिपाल लामा, तबला ढोलक मा परविन्दर सिंह र राजा मुखिया, बेस गिटार तेज के सी र प्याड मा विजय क्षेत्री ले साथ दिएका थिए । कार्यक्रममा गीतकार , चलचित्र निर्देशक प्रकाश सायमी ले अरुणा लामा र तारा देबी को बारेमा जीवनी प्रस्तुत गर्नु भएको थियो भने समाजसेबी तथा एभरेस्ट एफएम को अधक्ष्य कर्मा गुरुङ ले भने पानस मा दियो बालेर कार्यक्रम को उद्घाटन तथा अदक्षता ग्रहण गर्नु भएको थियो। बेलुकी करिब ५ :३० बजे शुरु भएको युक्त कार्यक्रम ७:३० बजे सम्म खचाखच भीड र दर्शक को साथमा सम्पन्न भएको थियो । कार्यक्रमको अन्त्य तिर गायिका अजुदा थापा र गायक रामभक्त जोजिजू संग को युगल गायन कल कल सल सल बोल गीतले दर्शक हरु लाई रोमाञ्चक गराएको थियो ।